You are viewing the translated version of प्राधिकरणको स्थापना.

Section 3
प्राधिकरणको स्थापना
(१) प्रदेश सरकारले शहरी क्षेत्रभित्रका सार्वजनिक यातायात सेवालाई व्यवस्थापन गर्नको लागि एक वा एकभन्दा बढी नगरपालिका क्षेत्रभित्र सञूचालन हुने गरी बढीमा सात सदस्यीय सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको प्राधिकरणको अध्यक्ष सम्बन्धित नगरपालिकाको प्रमुख हुनेछ।
(३) उपदफा (१) बमोजिमको प्राधिकरण स्थापना गर्दा एकभन्दा बढी नगरपालिका मिली स्थापना गरेको भए सबैभन्दा बढी जनसङ्ख्या भएको नगरपालिकाको प्रमुख अध्यक्ष हुनेछ।
(४) उपदफा (१) बमोजिमको प्राधिकरण सञजूचालन तथा अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ।